Need Help ?
Call: +977- 016614401

भक्तपुरको शैक्षिक सुधार गर्न ३१ बुँदे घोषणा पत्र पारित ।

प्रकाशित मिती:  २०७१ असार २८ गते

आज २०७१ असार २८ गतेको माध्यामिक विद्यालयका प्र अ, प्रिन्सिपल तथा प्राचार्यहरुको भेलाले एस एल सी को नतिजालाई गत बर्ष तोकिएको लक्ष्य ८८ प्रतिशत प्रप्तिकोलागि तथा भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न  निम्न अनुसारका निर्णयहरु तथा प्रतिवद्धता जाहेर गरियो ।  

१         नेपाली बिषयको शैक्षिक उपलव्धि बृद्धि गर्न प्राथमिक तह देखिनै पठन र लेखन सीप बिकास गर्ने , विज्ञानलाई बढि भन्दा बढि प्रयोगात्मक तरिकाले शिक्षण सिकाई गर्ने ।

२         छात्राहरुको शैक्षिक उपलव्धि बृद्धि गर्न विद्यालय भौतिक संरचना, शौचालय, शिक्षण सिकाइ क्रियाकलाप छात्रामैत्री बनाउनु गर्ने, खेल देखि हरेक सिकाई क्रियाकलामपहरुमा छात्राहरुको समान सहभागीता सुनिश्चित गर्ने ।

३         विद्यालयहरुमा व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई सक्रिय पार्नु पर्ने र पटक पटक बैठक वसी शैक्षिक सुधारका विषयमा छलफल र निर्णयहरु गर्ने । गठन हुन नसकेका विद्यालयहरुम तुरुन्त वि व्य स गठन गर्ने ।

४         विद्यलयहरुमा अभिभावक शिक्षक र बिद्यार्थीहरुको बीचमा पटक पटक छलफल र अन्तरक्रियाहरु गर्ने , एस एल सी परीक्षा र अन्य परीक्षाका नतिजाका बिषयमा समिक्षाहरु गर्ने ।

५         कमजोर विद्यार्थीलाई परामर्श दिने व्यवस्था गर्ने ।

६         पटक पटक लिइने गरेको परीक्षाको नतिजा, र विद्यार्थीका उत्तर पुस्तिकाहरु सम्वन्धित विद्यार्थी र शिक्षक बीचमा छलफल गरी पृष्ठपोषण गर्ने  ।

७         विहान वेलुका सञ्चालन गरिने थप कक्षाहरुलाई औपचारिक रुपमा मात्र तथा सवैलाई एकै किसिमले सञ्चालन नगरी विद्यार्थीका समस्या पत्ता लगाई कमि कमजोरी र समस्या समाधान गर्न सहयोग गर्ने तरिकाले तथा उपचारात्मक तरिकाले सञ्चालन गर्ने   ।

८         राम्रो नतिजा ल्याउने विद्यालयहरुबाट नतिजा कमजोर हुने विद्यालयहरुले सिक्ने प्रयत्न गर्ने र राम्रो गर्नेले पनि आफ्ना अनुभवहरु सहज तरिकाले बताइदिने  ।

९         राम्रो अवस्थामा रहेको स‌ंस्थागत विद्यालयले नजिकमा रहेको कम्तिमा एक कमजोर अवस्थामा रहेको सामुदायिक विद्यलयलाई  सुधार गर्न सहयोग गर्न सामुदायिक संस्थागतको सहकार्य गर्ने ।  

१०     लीडर रुपमा रहेका मा वि , उ मा वि हरुले आफ्ना नजिकमा रहेका प्रा वि तथा नि मा वि हरुको अनुगमन, सहयोग सहकार्य, अनुभव हस्तान्त्रण जस्ता कार्य गरी शैक्षिक स्थिति सुधार गर्न अगुवाइ  गर्ने ।

११     नतिजालाई लक्ष्य अनुसार सुधार गर्न पढाइहुने दिन र समय बृद्धि गर्ने, जस्तो शुक्रवार पुरादिन पठनपाठन गर्ने, स्थानीय विदा कम गर्ने , बन्द हडतालमा पनि पठनपाठन संचालन गर्ने ।

१२     साक्षर भक्तपुर अभियानलाई अभियानकै रुपमा अगाडि बढाउने, यस अभियानलाई पुस्तक पढ्ने बानि बसाउने र पठन संस्कृति विकास गर्ने माध्यायको रुपमा लैजाने ।

१३     विद्यालयहरुको अनुमतिलाई व्यवस्थित गर्नु पर्ने । विद्यालय नजिक नभएर वालवालिकालाई शिक्षाको पहुँच नपुगेको अवस्था नरहेको हुनाले नयाँ विद्यालयहरु खोल्नु भन्दा भएका विद्यालयहरुलाई राम्रो पार्न प्रयत्न गर्ने ।

१४     तोकिएको पूर्वाधार नपुगेका विद्यार्थी संख्या कमभएका संस्थागत विद्यलयहरुलाई ऐन नियमको तोकिए अनुसार अगाडि बढाउने  ।

१५     शिक्षक कर्मचारीलाई जिम्मेवार बनाउन राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने  नगर्नेलाई दण्डित गर्नु पर्ने ।

१६  केहि सामुदायिक विद्यालको प्राथमिक तहमा विद्यालयहरुमा विद्यार्थी सून्य हुदै गएका विद्यालयहरु एकिकरण गर्ने ।

 १७ वालविकास केनद्रलाइ व्यवस्थित गर्ने,  साना कक्षाहरु तथा प्राथमिक तहको शैक्षिक सुधारकोलागि साझा प्रयास गर्ने ।

१८ शिक्षण सिकाइलाई रटाइमा आधारित नभएर विद्यार्थी आफै उत्प्रेरित भएर सिक्ने वातवारण निर्माण गर्ने, शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग बढाउने ।

१९     विद्यालयहरुलाई वालमैत्री बनाउने । जति सानो कक्षा त्यति रेखदेख र ध्यान बढाउने ।

२०   विद्यालय शान्ति क्षेत्रको अवधारणालाई कार्यान्वयनमा ल्याउने, शैक्षिक संस्थाहरुलाई निर्वादरुपमा सञ्चालन हुने वातावरण निर्माण गर्ने ।

२१  थालनि गरिएको दरवन्दी मिलानको कामलाई सम्पन्न गर्न, मा वि र निमावि हरुमा बिषयगत दरवन्दी मिलान गर्ने , यो कार्य बार्षिकरुपमा नियमित गर्ने, विद्यार्थीको अनुपातमा शिक्षक व्यवस्थापन गर्ने ।

२२   संस्थागत विद्यालयहरुलाई संस्थागतरुपमा  विकास गर्ने र भक्तपुरका संस्थागत विद्यालयहरुले आफ्ना विद्यालय देशकै नमुना छन् भनेर प्रमाणित गर्ने प्रयत्न गर्ने ।

२३  शिक्षण सिकाइमा सूचना प्रविधि भित्राउने तथा सूचना प्रविधिमा  विद्यार्थीको पहुँच स्थापित गर्ने ।

२४  विद्यालय अनुगमन, निरीक्षणलाई बढाउने र प्रभावकारी पर्ने ।

२५  जिल्ला शिक्षा कार्यालयलाई सूचना प्रविधि युक्त बनाउने, शिक्षा विभाग मन्त्रालय र कार्यालयका सूचनाहरु सकेसम्म छिटो विद्यालयमा पुग्ने प्रणाली स्थापना गर्ने ।

२६  अनुमति लिएर पनि सञ्चालन नभएका विद्यलायहरुलाई खारेज गर्ने र अनुमति नलिई सञ्चालन भएका विद्यलयहरु हटाउने ।

२७  शिक्षक तथा शिक्षा कर्मीहरु अपडेट हुन पुस्तक तथा सन्दर्भ सामग्री अध्ययन गर्ने ।

२८   वालविकास केन्द्रलाई वालवालिकाको संख्याको आधारमा सहयोगी कार्यकर्ता व्यवस्था गर्ने ।

२९  स्थानीय पाठ्यक्रमको व्यवस्थालाई प्रभाबकारी कार्यान्वयन गर्ने ।

३०  शिक्षक तालिमलाई प्रभावकारी पर्ने र शिक्षकहरुले तालिममा सिकेका कुराहरु कक्षाकोठको शिक्षइ सिकाई क्रिया कलापमा प्रयोग गर्ने ।

३१  एस एल सी २०७० मा सून्य नतिजा ल्याउने विद्यालयहरुलाई नियम अनुसार कारवाही गर्ने ।