Need Help ?
Call: +977- 016614401

शिक्षण सिकाइमा सूचना प्रविधि विषयक एक दिने गोष्ठी

प्रकाशित मिती:  २०७१- ०९ -१५

मिति २०७१ पौष १५ गते विदाको दिनमा जिल्ला शिक्षा कार्यकलय भक्तपुरले विद्यार्थीहरुमा सूचना प्रविधिको पहुँच पराउने उद्यश्यले जिल्लाका सवै सामुदायिक विद्यालयका प्रअ हरु , शिक्षा समितिका पदाधिकारीहरु, स्रोत व्यक्तिहरु र जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुकोलागि शिक्षण सिकाइमा सूचना प्रविधि विषयक एक दिने  गोष्ठी आयोजना गरियो । स्थानीय बिकास अधिकारी श्री पसुपतिबाबु पुरीको अध्यक्षतामा भएको  उक्क गोष्ठी  नेपाल सरकारका मूख्य सचिव लिलामणी पौड्यालले उद्घाटन गर्नु भएको थियो । बालबिकास समाजको सहयोगमा भएको उकत् गोष्ठमा पूर्व शिक्षा सचिव किशोर थापा, प्रमूख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले मन्तव्य राख्नु भएको थियो भने जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले स्वागत र कार्यक्रमको उद्श्यमा प्रकाश पर्नु भएको थियो । उक्त कार्यक्रममा शैक्षिक जनशक्ति बिकास केन्द्रका दिपेन्द्र कुमार झा लगायतका बिज्ञहरुबाट सूचना प्रविधि प्रयोगको बारेमा प्रस्तुति गर्नु भएको थियो । उक्त कार्यक्रममा १६० जना  प्रअ र अन्य व्यक्तिहरु सहभागी भएका थिए ।